भारतमा थप ५१ हजारमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

भारतमा थप ५१ हजारमा कोरोना संक्रमण पुष्टि


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घन्टामा थप ५१ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमण पुष्टि भएको संख्या ३ करोड ८२ हजार नाघेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ९६५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ९३ हजारभन्दा धेरै रहेको छ ।

संक्रमितमध्ये २ करोड ९१ लाख भन्दा धेरै संक्रमणमुक्त भइसकेका छन् भने ६ लाखभन्दा धेरैको उपचार चलिरहेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ३ करोड ३५ लाख ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि अमेरिकामै सबैभन्दा धेरै छ । अमेरिकापछि ब्राजिल र भारत क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

भारतमा कोरोना विरुद्धको भ्याक्सिनेस कार्यक्रम तीव्र गतिमा अगाडि बढिरहेको छ । पछिल्लो ४ दिनमा भारतमा २ करोड ७० लाख मानिसलाई भ्याक्सिन लगाइसकिएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : १० बजे

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको

शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय