प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ।

संवैधानिक इजलासमा सुनुवाइ भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो। आज निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मका समय तोकिएको छ।

आज रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेललाई ३०/३० मिनेटको समय दिइँदै छ । यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०/२० मिनेट बहस गर्दैछन् ।

अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट छुट्याइएको छ । अरु कानुन व्यवसायीहरुलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । अस्ति बुधबारदेखि सुरु भएको बहसमा निवेदकको तर्फबाट हिजोसम्म १४ कानुन व्यवसायीले बहस गरिसकेका छन् । आज रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरुको सुरुवाती बहस सकिएपछि आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस शुरु हुनेछ ।

सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । विपक्षी अर्थात सरकारी पक्षको सुरुवाती बहस सकिएपछि रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय तय गरिएको छ ।

यसैबीच प्रतिनिधिसभा विघटन सम्बन्धी परेका रिट निवेदनको पक्ष र विपक्षी दुवैतर्फका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नोट बुझाएका छन् ।

निवेदकको तर्फबाट ३६ जना वरिष्ठ अधिवक्तासहित दुई सय ६२ जनाले बहस नोट पेस गरेका छन् । रिट निवेदकको तर्फबाट बहस नोट बुझाएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आग्रहबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् ।

त्यस्तै, निवेदकको विपक्षी एवम् सरकार पक्षले पनि बहस नोट बुझाएका छन् । उनीहरुले राष्ट्रपतिको निर्णयमाथि न्यायालयमा प्रश्न उठाउन नमिल्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : ३८ बजे

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले