पूर्वराजालाई गुहार्ने प्रचण्डको काम पनि पूरा भयो : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

पूर्वराजालाई गुहार्ने प्रचण्डको काम पनि पूरा भयो : मुख्यमन्त्री पोखरेल


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई गुहार्ने काम पूरा गरेको आरोप लगाएका छन् ।

राजनीनिक प्रतिस्पर्धामा आफूलाई उच्च देखाउन पूर्वराजालाई गुहार्ने काम बाँकी रहेको र त्यो काम पनि प्रचण्डले बिहीबार पूरा गरेको पोखरेलले बताए ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै राजनीतिलाई अरानीतिक बनाउने खेल भएको बताए । उनले अब बाँकी के रह्यो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पुरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’

बिहीबार सम्पादकहरुसँगको अन्तर्क्रियामा बोल्दै प्रचण्डले हालको राष्ट्रपति संस्थाभन्दा पहिलेको राजा नै ठिक भन्ने टिप्पणी गरेका थिए । यसैलाई इंगित गर्दै मुख्यमन्त्री पोखरेलले दाहालबाट पूर्वराजा गुहार्ने काम पूरा भएको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : १६ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस