पूर्वराजालाई गुहार्ने प्रचण्डको काम पनि पूरा भयो : मुख्यमन्त्री पोखरेल « Khabarhub

पूर्वराजालाई गुहार्ने प्रचण्डको काम पनि पूरा भयो : मुख्यमन्त्री पोखरेल


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई गुहार्ने काम पूरा गरेको आरोप लगाएका छन् ।

राजनीनिक प्रतिस्पर्धामा आफूलाई उच्च देखाउन पूर्वराजालाई गुहार्ने काम बाँकी रहेको र त्यो काम पनि प्रचण्डले बिहीबार पूरा गरेको पोखरेलले बताए ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै राजनीतिलाई अरानीतिक बनाउने खेल भएको बताए । उनले अब बाँकी के रह्यो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पुरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’

बिहीबार सम्पादकहरुसँगको अन्तर्क्रियामा बोल्दै प्रचण्डले हालको राष्ट्रपति संस्थाभन्दा पहिलेको राजा नै ठिक भन्ने टिप्पणी गरेका थिए । यसैलाई इंगित गर्दै मुख्यमन्त्री पोखरेलले दाहालबाट पूर्वराजा गुहार्ने काम पूरा भएको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : १६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो