साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने « Khabarhub

साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च वापतको रकम रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्ने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अबदेखि साउदी जाने श्रमिकहरुको संस्थागत क्वारेन्टाइनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने जानकारी साउदी सरकारबाट दूतावासलाई प्राप्त भएको जनाएको छ ।

दूतावासका अनुसार घर बिदामा गएर साउदी फर्किन लागेका नेपाली कामदारहरुले संस्थागत क्वारेन्टाइनको खर्चको बारेमा आफ्नो कम्पनीसँग कुरा गर्न अनुरोध गरेको छ ।

नयाँ आउने श्रमिकहरुको क्वारेन्टाइन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेन्टाइनको नाममा हुनसक्ने सम्भाव्य ठगीबाट बच्न समेत दूतावासले सूचनामा भनेको छ ।

यस्तै सात दिनको संस्थागत क्वारेन्टाइन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन साउदी सरकारलाई अनुरोध गरेको दूतावासले जनाएको छ ।

नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने भएपछि अब बिदामा नेपाल गएर पुन: साउदी फर्किने तयारीमा रहेका नेपालीलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ । पछिल्लो समय काठमाडौँका ट्राभल एजेन्सीहरुले साउदीमा क्वारेन्टाइनको लागि भन्दै एक लाख भन्दाबढी रकम असुल्दै आएका थिए ।

साउदी सरकारले गत मे २०, २०२१ मा एक सूचना सार्बजनिक गर्दै साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक त्यहाँ पुगेपछि अनिवार्य रूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ५९ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले