साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने « Khabarhub

साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च वापतको रकम रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्ने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अबदेखि साउदी जाने श्रमिकहरुको संस्थागत क्वारेन्टाइनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने जानकारी साउदी सरकारबाट दूतावासलाई प्राप्त भएको जनाएको छ ।

दूतावासका अनुसार घर बिदामा गएर साउदी फर्किन लागेका नेपाली कामदारहरुले संस्थागत क्वारेन्टाइनको खर्चको बारेमा आफ्नो कम्पनीसँग कुरा गर्न अनुरोध गरेको छ ।

नयाँ आउने श्रमिकहरुको क्वारेन्टाइन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेन्टाइनको नाममा हुनसक्ने सम्भाव्य ठगीबाट बच्न समेत दूतावासले सूचनामा भनेको छ ।

यस्तै सात दिनको संस्थागत क्वारेन्टाइन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन साउदी सरकारलाई अनुरोध गरेको दूतावासले जनाएको छ ।

नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने भएपछि अब बिदामा नेपाल गएर पुन: साउदी फर्किने तयारीमा रहेका नेपालीलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ । पछिल्लो समय काठमाडौँका ट्राभल एजेन्सीहरुले साउदीमा क्वारेन्टाइनको लागि भन्दै एक लाख भन्दाबढी रकम असुल्दै आएका थिए ।

साउदी सरकारले गत मे २०, २०२१ मा एक सूचना सार्बजनिक गर्दै साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक त्यहाँ पुगेपछि अनिवार्य रूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ५९ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै