१२ कक्षाको वार्षिक परीक्षा भौतिक उपस्थितिमै गर्ने बोर्डको तयारी | Khabarhub Khabarhub

१२ कक्षाको वार्षिक परीक्षा भौतिक उपस्थितिमै गर्ने बोर्डको तयारी

परीक्षा १०० पूर्णाङककै हुने


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । सरकारले परीक्षाको विषयमा निर्णय गरी नसकेको भएता पनि बोर्डले भने १०० पूर्णाङ्कको लिखित परीक्षा गर्ने गरी तयारी थालेको छ ।

माध्यमिक तहको अन्तिम परीक्षा भएकाले ढिला भएपनि लिखित रुपमै लिनुपर्छ भन्ने विज्ञहरुको सुझाब रहेकाले सोही अनुसारको तयारी भइरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

पौडेलका अनुसार बोर्डले अहिले १२ कक्षाको वार्षिक परीक्षा १०० पूर्णाङ्कको लिखित लिनेगरी तयारी भइरहेको छ । पछिल्लो समय कोरोना महामारीको संक्रमण न्यून बन्दै गएकाले पनि लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड रहेको छ ।

स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर भएपनि परीक्षा लिखित रुपमै लिने तयारी भइरहेको पौडेलले जानकारी दिए ।

गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णाङ्कको लिखित थप ४० पूर्णाङ्क कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत पूर्णाङ्क कक्षा १२ को आन्तरिक मूल्यांकनबाट वार्षिक परीक्षा गरिएको थियो ।

यसपटक पनि कोरोना महामारीका कारण बोर्डले तोकेको समयमै परीक्षा हुन सकेन । बोर्डले यसअघि जेठ २६ गतबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर उक्त समयमा कोरोना महामारीले तिव्र गति लिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

बोर्डले गत वैशाख २७ गते परीक्षा स्थगित गरेपछि कक्षा १२ र एसईई परीक्षाको मोडालिटी तयार गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले विभिन्न विधिहरुसहित रिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको थियो ।

कक्षा १२ को वार्षिक परीक्षा ढिला गर्दा विश्वविद्यालय तहको भर्ना प्रक्रियामा समेत असर पर्ने भएकाले जतिसक्दो चाँडो परीक्षा सक्न बोर्डलाई दबाव पनि रहेको छ ।

अघिल्लो वर्ष १२ कक्षाको परीक्षा ढिला हुँदा विश्वविद्यालयको भर्ना प्रक्रियामा असर पुग्नुका साथै वार्षिक क्यालेन्डरमा समेत असर पुगेको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ५४ बजे

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको