एसईई परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न विद्यार्थी संगठनको माग | Khabarhub Khabarhub

एसईई परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न विद्यार्थी संगठनको माग


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न पाँच विद्यार्थी संगठनहरुले माध्यमिक शिक्षा परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न माग गरेको छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई मंगलबार पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले विभिन्न दश बुँदे माग राखेका हुन् । संगठनले एसईई नजिता पारदर्शी, विश्वसनीय र मर्यादित बनाउन उपयुक्त विधि अबलम्बन गर्न पनि माग गरेका छन् ।

विद्यार्थीको नामथर, जन्म मिति आदिमा देखिने प्राविधिक त्रुटीका कारण विद्यार्थीहरुले नतिजामा वारम्बार समस्या झेल्नुपरेकाले यस्ता समस्या नहुने गरी बोर्डको सिस्टम अपडेट गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

त्यस्तै ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरुले पूरा गर्नुपर्ने झन्झटिला प्रावधानलाई सरल र सहज बनाउनु पर्ने उनीहरुले माग राखेका छन् ।

कक्षा ११ र १२ को परीक्षाको हकमा विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित नुहुने गरी प्रवन्ध मिलाउन र भौतिक उपस्थितिमा गरिने परीक्षाको तालिका वा विकल्पबारे विद्यार्थीलाई समयमै जानकारी दिन पनि संगठनले बोर्डलाई माग राखेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ०१ बजे

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको