रुपा सुनार प्रकरण : प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराए ! « Khabarhub

रुपा सुनार प्रकरण : प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराए !


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसहित पाँच वटा मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बबरमहलकी सरस्वती प्रधानमाथि लागेको जातीय विभेदको आरोपका विषयमा सचेत गराएका छन् ।

कोठा भाडामा दिने विषयमा एक जना सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए ।

मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।

सोमबार भएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई सचेत गराएको कुरा कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले मङ्गलबार पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

कानुनमन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा शिक्षामन्त्री श्रेष्ठले जातीय विभेदमा पक्राउ परेकी प्रधानलाई छुटाएको प्रसङ्ग उठेपछि कानूनन्त्री श्रेष्ठले यस विषयमा प्रधानमन्त्रीले सचेत गराइसकेको बताएका हुन् ।

आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले प्राधनविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रधान पक्राउ परेकी थिइन् ।

पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : ३६ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा