तेस्रो टी- ट्वान्टीमा दक्षिण अफ्रिका विजयी « Khabarhub

तेस्रो टी- ट्वान्टीमा दक्षिण अफ्रिका विजयी


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजविरूद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो टी-ट्वान्टी क्रिकेटमा रोमान्चक जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरण र इभिन लेविसले समान २७/२७ रन बनाए । आन्द्रे रसेलले २५ रन जोड्दा लेन्डल सिमोन्सले २२ रन बनाए ।

सिमोन हिटमायर १७ रनमा आउट हुँदा जासन होल्डर १६ रनमा पेभेलियन फर्किए । फाबियन एलनले अविजित १४ रन जोडे ।

दक्षिण अफ्रिकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : १० बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई