तेस्रो टी- ट्वान्टीमा दक्षिण अफ्रिका विजयी | Khabarhub Khabarhub

तेस्रो टी- ट्वान्टीमा दक्षिण अफ्रिका विजयी


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजविरूद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो टी-ट्वान्टी क्रिकेटमा रोमान्चक जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरण र इभिन लेविसले समान २७/२७ रन बनाए । आन्द्रे रसेलले २५ रन जोड्दा लेन्डल सिमोन्सले २२ रन बनाए ।

सिमोन हिटमायर १७ रनमा आउट हुँदा जासन होल्डर १६ रनमा पेभेलियन फर्किए । फाबियन एलनले अविजित १४ रन जोडे ।

दक्षिण अफ्रिकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : १० बजे

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार