हत्या आरोपमा आमा छोरा पक्राउ « Khabarhub

हत्या आरोपमा आमा छोरा पक्राउ


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– श्रीमानको हत्या आरोपमा बर्दियामा श्रीमती र छोरा पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या आरोपमा उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार मृतक लक्षिराम थारूले रक्सी खान भन्दै श्रीमती सीतासँग एक सय रुपैयाँ मागेको र सोही विषयमा उनीहरूबीच झगडा भएको थियो ।

झगडापछि कुटपिट हुँदा लक्षिराम थारु घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबरपछि ईलाका प्रहरी कार्यालय ढोढरीबाट टोली खटिएको थियो। टोलीले मृतककी श्रीमती सीता र आकाशलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले अहिले घटनामा विषयमा थप अनुसन्धान ग।रिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : ४५ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय