सिरहाको निषेधाज्ञा असार ३१ गतेसम्म « Khabarhub

सिरहाको निषेधाज्ञा असार ३१ गतेसम्म


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला सैलुन र होटलबाहेकका पसल, व्यवसाय बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ कँणेलले बताए । सिरहामा गत वैशाख २३ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : १० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले