मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य | Khabarhub Khabarhub

मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् ।

धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् ।

धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जातीय विकास केन्द्रले मेचीनगर मात्र नभएर झापा, सुनसरी र मोरङ जिल्लामा जङ्गल फाँडेर पहिलो बस्ती बसाउने जाति  धिमाल भएको दाबी गरेको छ ।

यही असार १० गते नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई प्रथम जातिका रूपमा सम्मान दिइने निर्णय गरेको थियो ।

धिमाल जातीय विकास केन्द्र र राजवंशी समाज विकास समितिले मेचीनगरले सरोकारवाला कसैसँग समन्वय र अनुसन्धान नगरी गरिएको प्रथम जातिसम्बन्धी निर्णय अमान्य हुने विज्ञप्ति जारी गरेका छन् ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश्वर राजवंशीले प्रथम जाति हुने ऐतिहासिक आधारको पहिचान गर्न नगरपालिकाले तत्काल कार्यदल गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

धिमाल जातीय विकास केन्द्र झापाका इञ्चार्ज खड्ग धिमालले मेचीनगरको निर्णय मान्य नहुने जनाउँदै प्रथम जातिका विषयमा प्रमाण सङ्कलन गर्न एउटा आयोग गठन हुनुपर्ने माग गरे ।

राजवंशी र धिमाल दुवै समुदायको प्रतिनिधित्व गर्दै आएका संस्थाले मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर यस विषयमा आफ्ना धारणासहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

झापा जिल्लामा राजवंशी, धिमाल, मेचे, सन्थाल, किसान, मुण्डा, करुवा, झाँगड, पाहानलगायतका आदिवासीको परापूर्वकालदेखि बसोबास रहँदै आएको छ तर कुन जाति आदिवासी हो भन्ने विषयमा अनुसन्धान भएको छैन ।

झापामा चार वर्षअघि दमक नगरपालिकाले धिमाल जातिलाई नगरको पहिलो जाति भनेर निर्णय गरेको थियो । दमक नगरपालिकाले प्रथम जातिको प्रतीकका रूपमा नगरपालिकाको प्राङ्गणमा कलात्मक शालिकसमेत स्थापना गरेको छ ।

कवि शिरोमणि मावि मेचीनगरका शिक्षक दामोदर ढुङ्गेलले सामाजिक सञ्जालमार्फत आदिवासीहरुको सामाजिक, भाषिक, सांस्कृतिक र आर्थिक पक्षको उन्नयन गर्नुपर्ने मुख्य दायित्वभन्दा पर गएर प्रथम जातिको घोषणामा प्रतिस्पर्धा किन भनेर प्रश्नात्मक टिप्पणी गरेका छन् ।

मेचीनगरका भाषाभाषीको अनुसन्धान गरिरहेका उनले बसोबासका आधारमा प्रथम जाति घोषणा गरिने हो भने मानवशास्त्रीय, समाजशास्त्रीय र भाषिक दृष्टिले वैज्ञानिक अध्ययन हुनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ५० बजे

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६

तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका

लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं– गत चैत १५ पत्रकार सुरेश रजक र यातायात मजदुर

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले