मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य « Khabarhub

मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् ।

धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् ।

धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जातीय विकास केन्द्रले मेचीनगर मात्र नभएर झापा, सुनसरी र मोरङ जिल्लामा जङ्गल फाँडेर पहिलो बस्ती बसाउने जाति  धिमाल भएको दाबी गरेको छ ।

यही असार १० गते नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई प्रथम जातिका रूपमा सम्मान दिइने निर्णय गरेको थियो ।

धिमाल जातीय विकास केन्द्र र राजवंशी समाज विकास समितिले मेचीनगरले सरोकारवाला कसैसँग समन्वय र अनुसन्धान नगरी गरिएको प्रथम जातिसम्बन्धी निर्णय अमान्य हुने विज्ञप्ति जारी गरेका छन् ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश्वर राजवंशीले प्रथम जाति हुने ऐतिहासिक आधारको पहिचान गर्न नगरपालिकाले तत्काल कार्यदल गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

धिमाल जातीय विकास केन्द्र झापाका इञ्चार्ज खड्ग धिमालले मेचीनगरको निर्णय मान्य नहुने जनाउँदै प्रथम जातिका विषयमा प्रमाण सङ्कलन गर्न एउटा आयोग गठन हुनुपर्ने माग गरे ।

राजवंशी र धिमाल दुवै समुदायको प्रतिनिधित्व गर्दै आएका संस्थाले मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर यस विषयमा आफ्ना धारणासहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

झापा जिल्लामा राजवंशी, धिमाल, मेचे, सन्थाल, किसान, मुण्डा, करुवा, झाँगड, पाहानलगायतका आदिवासीको परापूर्वकालदेखि बसोबास रहँदै आएको छ तर कुन जाति आदिवासी हो भन्ने विषयमा अनुसन्धान भएको छैन ।

झापामा चार वर्षअघि दमक नगरपालिकाले धिमाल जातिलाई नगरको पहिलो जाति भनेर निर्णय गरेको थियो । दमक नगरपालिकाले प्रथम जातिको प्रतीकका रूपमा नगरपालिकाको प्राङ्गणमा कलात्मक शालिकसमेत स्थापना गरेको छ ।

कवि शिरोमणि मावि मेचीनगरका शिक्षक दामोदर ढुङ्गेलले सामाजिक सञ्जालमार्फत आदिवासीहरुको सामाजिक, भाषिक, सांस्कृतिक र आर्थिक पक्षको उन्नयन गर्नुपर्ने मुख्य दायित्वभन्दा पर गएर प्रथम जातिको घोषणामा प्रतिस्पर्धा किन भनेर प्रश्नात्मक टिप्पणी गरेका छन् ।

मेचीनगरका भाषाभाषीको अनुसन्धान गरिरहेका उनले बसोबासका आधारमा प्रथम जाति घोषणा गरिने हो भने मानवशास्त्रीय, समाजशास्त्रीय र भाषिक दृष्टिले वैज्ञानिक अध्ययन हुनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ५० बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय