यात्रुसँग बढी भाडा उठाउने ८ जना पक्राउ « Khabarhub

यात्रुसँग बढी भाडा उठाउने ८ जना पक्राउ


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक यातायातमा सवार यात्रुसँग बढी भाडा उठाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्न सक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको बिशेष ट्राफिक प्रहरीको टोलीले बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिइको हो ।

काठमाडौँ बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढि भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँबसपार्कबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिमबहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिपनारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल छन् ।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यस्तै काठमाडौँबाट बा१६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाईली पक्राउ परेका छन ।

रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए । यसैगरि चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति ब्यक्ति ५ हजारसम्म भाडा लिने २५ बर्षका झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढि भाडा लिएपछि पक्राउ परेका हुन । पक्राउ परेका ब्यक्तिहरुलाई आबश्यक कारवाहीको लागी प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ०३ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर