सीपीभीआर २०२१ मा ओपोले हात पार्‍यो १२ अवार्ड « Khabarhub

सीपीभीआर २०२१ मा ओपोले हात पार्‍यो १२ अवार्ड


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फरेन्स (सीपीभीआर) २०२१मा सहभागिता जनाएको छ ।

सम्मेलनमार्फत ७ प्रमुख चुनौतिअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओपोले एआई क्षेत्रमा पुर्‍याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो ।

जस अन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रबर्तनका लागि एक पहिलो स्थान, सात ओटा दोस्रो र चार तेस्रो अवार्डहरु प्रदान गरिएका छन् ।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए । अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षण मार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत रहेको छ ।

ओपोका चिफ साईन्टिस्ट, ईन्टेलिजेन्ट पर्सेप्शन, एरिक गुओले भने, ‘यस बर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनिय नतिजा पाउँदा हामी निकै हर्षित छौँ । हामीले पहिलो पटक सीपीभीआर २०२०मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन च्यालेन्जमा धमिला तस्विरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्यूजन पोजिशनिंगलाई अझ सटिक बनाउन सघाउने भिज्यूअल लोकलाइजेशन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरे बापत पहिलो स्थान हात पारेका थियौँ । यस बर्ष ओपोले जितेका मल्टि एजेन्ट बिहेभियोर, एभीए—काइनेटिक्स र बहू संख्यक टूडी तस्विरहरुबाट थ्रीडी फेस रिकन्स्ट्रक्शन , फेशियल डिटेक्शन लगायत क्षेत्र अन्तर्गत पर्दछन् ।’

‘यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एण्ड मोबिलिटी लगायत क्षेत्रमा गर्न सकिन्छ’गुओले थपे, ‘ओपोमा हामी एआईले मानिसलाई बुद्धिमता पूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौैँ ।’

मल्टि—एजेन्ट बिहेभियोर च्यालेन्ज

ओपोले हात पारेका ११ सम्मान मध्य ३ अवार्ड, एआई मोडलको मानिस र जनावर जस्ता विवेकी प्राणी बिचको कठिन ब्यवहार बुझ्ने, बर्णन गर्ने तथा अनुमान गर्ने मल्टि—एजेन्ट बिहेभियोर च्यालेन्जको क्षमता मातहत रहेको छ ।

नयाँ ब्यवहार बुझ्ने श्रेणी अन्तर्गत ओपोले पहिलो स्थान हात पारेको छ , क्लासिक क्लासिफिकेशन अन्गर्त दोस्रो र एनोटेशन स्टाईल ट्रान्सफर अन्तर्गत तेस्रो स्थान हात पारेको हो । सोही श्रेणीमा सहभागीता जनाएका अन्य २४० सहभागीभन्दा पृथक र अगाडी देखिन कम्पनीको एआई क्षमताले मूख्य भूमिका खेलेको देखिन्छ ।

यसमा रहेको अल्गोरिथमले कर्मचारीलाई विशेषगरी उत्पादनका मूख्य चरणहरुमा तिनको सुरक्षाका साथै उत्पादनको गुणस्तर सुनिश्चितता तथा परिचालनमा आउने गल्तीहरु न्यूनिकरण गर्न सघाउँदै यही प्रविधिले ओपोको फ्याक्ट्रिमा उल्लेखनिय भूमिका खेलिरहेको छ ।


ओपो यूएस रिसर्च सेन्टरले डेन्स डेप्थ फर अटोनोमस ड्राइभिङ्ग च्यालेन्जमा सहभागिता जनाई टूडी तस्विरका आधारमा सटिक थ्रीडी गहिराईको जानकारी उपलब्ध गराउने प्रविधि प्रदर्शित गरेको थियो । यसका लागि ओपोले स्व पर्यवेक्षित ट्रयाकका लागि दोस्रो स्थान हात पार्दै ‘नोवेल्टी अवार्ड’ जितेको छ ।

डिप लर्निङ्ग मोडल्सको प्रयोग गरी साधारण तस्विर बाटै सहजै गहिराई सम्बन्धि जानकारी प्रेशित गर्नेे यो प्रविधिले भविस्यमा टीओएफ जस्ता डेप्थ सेन्सरलाई प्रतिस्थापन गरी अझ सटिक ईनडोर र आउटडोर नेभिगेशन अनुभव प्रदान गर्ने सम्भावना प्रबल देखिन्छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ०३ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा