भक्ति थापा राष्ट्रिय विभूति घोषित | Khabarhub Khabarhub

भक्ति थापा राष्ट्रिय विभूति घोषित


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङले सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको जानकारी दिए ।

वि.स. १९७१ सालतिर नेपाल-अंग्रेज युद्धको बखत उनी नेपालका वरिष्ठ सैनिक थिए ।

बैठकले सुर्खेत जिल्ला सिङ्गात गाउँपालिकाको केन्द्र वडा नम्बर – ५ बाट सोही गाउँपालिकाको वडा नम्बर २ पुङ खेतमा कायम गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता नेम्बाङ्गले जनाकारी दिए । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की नियुक्त भएका छन् ।

फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थपेर साउन ३१ सम्म पुर्‍याइएको उनले बताए ।

यसैगरी पछिल्ला दुई आर्थिक वर्षमा हरेक वर्ष कम्तीमा सय जना कामदार पठाउन नसकेका इजाजतप्राप्त म्यानपावर कम्पनी संस्था नविकरण गर्न आएमा नविकरण गर्ने निर्णय प्रवक्ता नेम्बाङले जनाकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : ४० बजे

प्रधानमन्त्रीलाई आमा विपिनकी बहिनीको गुहार- हाम्रो पीडा तपाईंले बुझ्नु हुन्छ

काठमाडौं– प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा

कानुन मन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय

स्वास्थ्य मन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन्

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण