कसैलाई व्यक्तिगत विवरण नदिन बैंकर्स सङ्घको आग्रह « Khabarhub

कसैलाई व्यक्तिगत विवरण नदिन बैंकर्स सङ्घको आग्रह


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै छन् ।

पछिल्ला दिनमा त्यही सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेकन प्रकारका ठगी धन्दासमेत भइरहेको छ । विशेषगरी सामाजिक तथा आर्थिक अपराध समेत मौलाएको अवस्था छ । जान अन्जानमा हुने त्यस्ता अपराधले मानिसको दिनचर्या समेत समस्यामा परेको छ ।

कोरोना कहरका कारण नागरिक आर्थिक रुपमा सङ्कटमा परिरहेको बेला सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको भन्ने व्यापक गुनासो आएपछि नेपाल बैंकर्स सङ्घले कुनै पनि व्यक्तिगत विवरण तथा बैंक खाताको सुरक्षा गर्न सबैमा आग्रह गरेको छ । सङ्घले पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको पाइएको भन्दै नागरिकलाई सचेत गराएको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई रकम पठाउनका लागि भन्दै खाता/व्यक्तिगत विवरण माग गर्ने गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आफ्नो गोप्य विवरण कोही कसैलाई पनि नदिन अनुरोध गरेको हो ।

आपराधिक मनोवृत्तिका व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरणहरु माग्ने गरेको सङ्घको बुझाइ छ । त्यस्ता व्यक्तिले खाता नं, मोबाइल नं, विद्युतीय कारोवारमा प्रयोग हुने ओटिपी प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप गरिरहेका छन् । व्यापकरुपमा त्यस्ता गतिविधि भइरहेको जानकारी आएकाले सजग रहन सङ्घले सबैलाई आग्रह गरेको उल्लेख गरेको छ ।

सहयोगका नाममा आउने त्यस्ता फोन कल वा कारोबारको शङ्का लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि सङ्घले अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ४५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको