जीप दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

जीप दुर्घटनामा दुई जनाको मृत्यु


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको पुष्टि गरे ।

घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् । बेनी अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ । दुर्घटना भएको ठाउँको साँघुरो सडकको घुम्ती र ग्रेड मिलेको छैन ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ७ : ४० बजे

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अदालतको निर्णयलाई आफूले सम्मान

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू