पहिराले पुरिएकाको जीवितै उद्धार « Khabarhub

पहिराले पुरिएकाको जीवितै उद्धार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ ।

चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई उद्धार गरिएको हो । दुवै घाइतेलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । पहिराले ९ बाख्रा र एउटा भैँसी पुरिएर मरेको छ ।

वडाध्यक्ष रेग्मीका अनुसार सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ ।

“बाङ्गेखोलामा आएको बाढीले ४० घर जोखिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ”, उनले भने, “उच्च जोखिममा रहेका घरहरुले सामान सारिसकेका छन् ।”

वर्षाका कारण बाङ्गे खोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १ : २० बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ