ट्रम्पका छोरालाई गुप्तचर समितिले बयानका लागि बोलायो | Khabarhub Khabarhub

ट्रम्पका छोरालाई गुप्तचर समितिले बयानका लागि बोलायो


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरलाई अमेरिकाको माथिल्लो सदन सिनेटको गुप्तचर समितिले बयानका लागि डाकेको छ ।

सन् २०१७ मा सिनेटको न्याय समितिलाई उनले दिएको बयान र ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनले सार्वजनिक रुपमा दिएको बयान आपसमा बाझिएकाले उनलाई डाकिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सिनेटको गुप्तचर समिति रुसले गरेको भनिएको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप तथा ट्रम्प र रुसबीच भएको भनिएको साँठगाँठबारे निकै सक्रियतापूर्वक अनुसन्धान गरिरहेको छ ।

यो समितिले यसअघि दुईपटक राष्ट्रपति ट्रम्पका ज्वाई तथा सल्लाहकार जारेड कुश्नेरलाई समेत बयानका लागि डाकेको थियो ।

यसअघि न्याय समितिलाई दिएको बयानका क्रममा ट्रम्प जुनियरले रुसको राजधानी मस्कोमा बनाउन लागिएको ट्रम्प टावरको योजनाबारे आफू जानकार नरहेको जनाएका थिए । तर, कोहेनले भने तल्लो सदन ‘ओभरसाइट’ समितिलाई दिएको बयानमा ट्रम्प परिवार यो योजनामा निकै गहिरोसँग सहभागी रहेको जनाएका थिए ।

यो विषयमा कोहेन र ट्रम्प जुनियरको कुरा बाझिएकाले बयानका लागि डाक्नु परेको जनाइएको छ ।

कोहेन कर छली गरेको अभियोगमा हाल जेलमा छन् ।

यसअघि रुसले चुनावमा हस्तक्षेप गरेको विषयमा अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले आफ्नो अनुसन्धान प्रतिवेदनमा ट्रम्प जुनियरले केही वित्तीय नियम पालना नगरेको उल्लेख गरेका थिए । तर, उनको अनुसन्धान प्रतिवेदनमा ट्रम्पको चुनावी अभियान तथा रुसबीच साँठगाँठ रहेको विषयमा पर्याप्त प्रमाण फेला नपरेको जनाइएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : १३ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार