बाढी पहिराले रोकियो गाउँसभा « Khabarhub

बाढी पहिराले रोकियो गाउँसभा


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् ।

मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै गाउँसभा गरिसकेका छन् । तर चामे र नार्पाभूमि गाउँपालिकाको भने गाउँसभा हुन सकेको छैन । सबैभन्दा बढी जोखिममा परेको नासोंले बगरमा नै गाउँसभा गरेको छ भने ङिस्याङले भर्चुअल माध्यमबाट गाउँसभा गरी बजेट सार्वजनिक गरेको छ ।

बाढी पहिराको जोखिमले गर्दा जिल्लाको सदरमुकाम चामे गाउँपालिका र प्रदेशको सडक सञ्जालबाट टाढा रहेको विकट स्थानको नार्पाभूमि गाउँपालिकाले हालसम्म पनि गाउँसभा गर्न सकेको छैन । पालिकाका विभिन्न स्थानमा बाढी पहिराको जोखिमले गर्दा गाउँसभाको काम पुरा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिए ।

“नदीमा बाढी घट्ने सम्भावना कम छ, चामेको हरेक क्षेत्र नदीको किनार पर्ने र जोखिम बढी हुँदा गाउँसभा गर्न मुस्किल भएको छ, नदीको बहाव बढ्यो भने पालिकावासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, गाउँपालिकाको काम पुरा गर्न सकेको छैन”, अध्यक्ष घलेले भने, “असार २५ देखि २७ गतेभित्र गाउँसभा गर्ने योजना बनाएका छौं, समयले साथ दिन्छ कि दिदैन भन्ने मात्रै छ ।”

त्यस्तै नार्पाभूमिमा पनि धेरै स्थानमा बाढीले स्थानीयवासीमा प्रभाव पारेपछि समयमा गाउँसभा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष मिङ्मार लामाले बताए । “जनतालाई बचाउनु कि पालिकाको काम गर्नु जस्तो भएको छ, समयमा गाउँसभा गर्न नसकेपनि यो महिनाको अन्तिमसम्ममा गर्ने तयारीमा छौं”, अध्यक्ष लामाले भने ।

बाढी पहिराका कारण जिल्लामा विद्युत् र सञ्चारको कठिनाइ भएको छ । यस्तो अवस्थामा गाउँसभा गर्नुपर्ने हुँदा जनप्रतिनिधि समस्यामा परेका छन् । दुवै पालिकाले यस वर्ष विपद्मा परेकाले विपद्, स्वास्थ्य र सडक सञ्जाललाई बढी प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ४ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको