कोरोना संक्रमण बढेपछि बन्द भएको आन्तरिक उडान सञ्चालन « Khabarhub

कोरोना संक्रमण बढेपछि बन्द भएको आन्तरिक उडान सञ्चालन


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण बन्द गरिएको नेपालको आन्तरिक हवाई उडान बिहीबारबाट सञ्चालन भएको छ ।

नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको हो ।

नागरिक उड्डयन प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

विमानस्थलकाअनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइएको छ । आन्तरिक उडान सुरु भएसंगै आन्तरिक टर्मिनलमा यात्रुहरुको भीड बढेको छ ।

प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पुर्‍याउन वा टिकट रद्ध गर्न सहजीकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ ।

यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरको व्यवस्था गरिएको छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ६ : ०१ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार