के हो कोलेस्ट्रोल ? कारण र बच्ने उपाय « Khabarhub

के हो कोलेस्ट्रोल ? कारण र बच्ने उपाय


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कोलेस्ट्रोल आफैंमा खराब भने होइन । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ जसले प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्दछ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोल शरीरको विभिन्न अंगमा पुग्दछ । साथै कहिलेकाहिँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, यसले मुटुमा समस्या पैदा गर्ने खतरा हुन्छ ।

कोलेस्ट्रोल दुई प्रकारका हुन्छ, एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) र एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन) । एलडीएललाई खराब कोलेस्ट्रोल भनिन्छ । यसले कोलेस्ट्रोललाई कलेजोबाट कोशिकामा पुर्‍याउने गर्दछ । यसको मात्रा बढी भएमा कोशिकाहरुमा हानीकारक रुपमा जम्मा हुन थाल्दछ । समय संगै एलडीएलले रक्तनलीलाई कडा बनाउँदै जान्छ । तर एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ । यसले मुटु सम्बन्धि रोग लाग्नबाट बचाउँछ । कुनै पनि मानिसमा कोलस्ट्रोलको स्तर २०० एमजी रडिएल भन्दा कम हुनु पर्दछ ।

एलडीएल (खराब कोलेस्ट्रोल) को लक्षण
– शरिरमा थकान महसुस हुनु
– अचानक कमजोरी महसुस हुन थाल्नु
– शरीरमा आलस्यता बढ्नु
– वजनमा वृद्धि हुनु
– श्वास फेर्न कठिन हुनु
– अत्याधिक मात्रामा पसिना आउनु
– बेचैनी बढ्नु
– छाती दुख्नु

कारण
– परिवारमा कसैलाई मुटु सम्बन्धि दीर्घकालीन रोग भएमा
– परिवारमा कसैलाई उच्च कोलेस्ट्रोल भएमा
– मधुमेह, उच्च रक्तचाप, हाइपरटेन्सन, मृगौला सम्बन्धि समस्या भएमा
– कलेजो सम्बन्धि समस्या, हाइपर थाइराईडिज्म भएमा
– महिनावारी छिटै रोकिएका महिलाहरुमा
– उमेर बढ्दै जादाँ

बच्ने उपाय
– रातो मासुको सेवन नगर्ने, यसको सट्टा माछाको सेवन गर्ने ।
– जनावरसँग सम्बन्धित एनिमल फ्याटको सेवन कम गर्ने ।
– घिउ, बटर, नौनी, चीज लगायत पदार्थको सेवनमा कमी गर्ने ।
– गुलियो तथा मिठाईबाट बसेका परिकार नखाने ।
– मासुको तुलनामा फलफूल, हरिया सागसब्जीको सेवन बढाउने ।
– रेसादार तथा फाइबरयुक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने
– बोसो तथा छालायुक्त मासुको सेवनमा कमी ल्याउने ।
– बेलुका पर्याप्त निदाउने, अनिन्द्रा वा जागा नहुने ।
– मद्यपान, धुम्रपानको सेवन नगर्ने ।

– प्रशस्त व्यायाम । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ३० बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन