आलियालाई ‘डार्लिंग्स’को डर « Khabarhub

आलियालाई ‘डार्लिंग्स’को डर


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री आलिया भट्टले आफ्नो फिल्म ‘डार्लिंग्स’को सुटिङ सुरु गरिसकेकी छन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै आफूले यसै फिल्ममार्फत निर्माणमा पाइला चालेको जानकारी दिएकी छन् । यो फिल्ममा आलिया अभिनेता शाहरुख खानसँग निर्माणमा सहकार्य गर्दैछिन् ।

आलियाले सार्वजनिक गरेको ब्ल्याक एण्ड ह्वाइट तस्वीरमा आफ्नो वेनिटी भेनमा उनी कागजमा केही पढ्दै सुटिङको तयारी गरिरहेको देख्न सकिन्छ । उनी आफ्नो सट दिनका लागि तयार रहेको उल्लेख गरेकी छन् । ‘डार्लिंग्स’को सेटमा पहिलो दिन’ उनले लेखेकी छन् । उनले आफू निकै डराएको र फ्यानलाई आफूलाई शुभेच्छा व्यक्त गर्न भनेकी छन् ।

‘एक निर्माताका रुपमा मेरो यो पहिलो फिल्म हो । तर म पहिला निर्माता भन्दा अभिनेत्री हुँ(यो मामलामा निकै नर्भस अभिनेत्री) । मलाई थाहा छैन कि यो के हो । एक नयाँ फिल्म सुरु गर्नु अघिल्लो रात मेरो शरीरमा यो नर्भस र शक्तिसँगसँगै लाग्छ । म पुरा रात आफ्नो संवाद बिर्सन नसकुँ भनेर सपना देख्छु’, उनले लेखेकी छन् ।

आलिया चाँडै नै सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’मा देखिँदैछिन् । यो फिल्मको टिजर रिलिज भइसकेको छ । यसबाहेक उनी रणवीर कपूरका साथ फिल्म ‘ब्रह्मास्त्र’ र एस एस राजामौलीका साथ ‘आरआरआर’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : २५ बजे

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

गण्डकी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति