जन्मदिनमा बालबालिकालाई नेवाः सुन्दरीको सहयोग | Khabarhub Khabarhub

जन्मदिनमा बालबालिकालाई नेवाः सुन्दरीको सहयोग


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिस नेवाः ११३९’ विजेता नितु डंगोलले आफ्नो जन्मदिनको अवसर पारेर नयाँवानेश्वरको संगम चोकमा रहेको न्यू नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकालाई सहयोग गरेकी छन् ।

उनले आश्रममा आश्रित ४० बालबालिकाकालाई कापी, कलम, इरेजर, कटरसँगै खाद्य सामग्री उपलब्ध गराएकी थिइन् ।

नितुले फजुल खर्च गरेर जन्मदिन मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपी कलम उपलब्ध गराउँदा आत्मसन्तुष्टि मिलेको बताइन् ।

डंगोलसँग ‘मिस नेवाः’ आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ ‘मिस नेवाः’ कृषा महर्जन, ‘फष्ट रनर अप’ प्रिया तुलाधरलगायत पनि आश्रम पुगेका थिए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : ४५ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित