संघीयता र धर्मनिरपेक्षतासहितका विषयमा समीक्षा गर्न महेश बस्नेतको ८ प्रस्ताव « Khabarhub

संघीयता र धर्मनिरपेक्षतासहितका विषयमा समीक्षा गर्न महेश बस्नेतको ८ प्रस्ताव


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता महेश बस्नेतले मुलुकको शासकीय स्वरुप, संघीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्न माग गर्दै आठ बुँदे प्रस्ताव पेश गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आज बसेको केन्द्रीय कमिटी बैठकमा संघीयतासहितको समिक्षा हुनुपर्ने लिखित प्रस्ताव राखेका हुन् ।

नेता बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् ।

बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।

उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न बस्नेतले माग गरेका छन् ।

उनले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणा पत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ४९ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा