आज पनि सरकारविरुद्ध विद्यार्थी संगठनहरूको विरोध प्रदर्शन | Khabarhub Khabarhub

आज पनि सरकारविरुद्ध विद्यार्थी संगठनहरूको विरोध प्रदर्शन


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले शनिबार पनि सरकारविरुद्ध मुलुकभर प्रदर्शन गरेका छन् ।

शनिबार विद्यार्थीहरुले विभिन्न क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेका हुन् । यसै क्रममा नेविसंघले काठमाडौँको पशुपति क्याम्पसमा प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरे ।

बाहिर पुतला जलाउने क्रममा प्रहरी र विद्यार्थीबीच केहीबेर घम्साघम्सी परेको थियो । प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् ।

उनीहरूले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ ।

यस्तै नेविसंघ कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले पनि सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्दा दहन गरेका थिए । यसअघि शुक्रबार बसेको विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : १६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा