फ्रन्टलाइनरको चित्र फेरि कोर्न पाउनु पर्ने माग राख्दै कलाकारको प्रदर्शन « Khabarhub

फ्रन्टलाइनरको चित्र फेरि कोर्न पाउनु पर्ने माग राख्दै कलाकारको प्रदर्शन


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्रकला काठमाडौं महानगरपालिकाले मेटाएपछि कलाकारले विरोध गरेका छन् ।

आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले कोरोना महामारीका बेला फ्रन्टलाइनरले गरेको कामको सम्मान गर्न पनि आग्रह गरे । बिरोध प्रदर्शनपछि कलाकारहरुले पुनः चित्र कोर्न दिन माग गर्दै महानगरसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले स्वास्थ्यकर्मीलगायत कोरोना महामारी नियन्त्रणका लागि खटिएकाहरूलाई उचित सम्मान र हौसला दिनुपर्ने बताए । उनले पुन: चित्र कोर्नका लागि ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

केही दिन अघि दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरूको सम्मानमा चित्रकला बनाएका थिए । उक्त चित्रलाई महानगरपालिकाले मेटाएको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ४० बजे

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल