पाँचथरमा खोलाले बगाएर दुई किशोर बेपत्ता | Khabarhub Khabarhub

पाँचथरमा खोलाले बगाएर दुई किशोर बेपत्ता


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा पौडी खेल्न गएका दुई किशोर खोलाले बगाएर बेपत्ता भएका छन् ।

आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।

स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका छ जना किशोर पौडी खेल्न भनेर इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र बिपललाई बगाएपछि अन्य किशोरले गाउँमा आएर स्थानीयवासीलाई खबर गरेका थिए ।

दिउँसो करिब २ बजे घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत घटनास्थलतर्फ गएको छ । बेपत्ता भएका लक्ष्मण र बिपल दाजुभाइका छोरा हुन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : २० बजे

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज

सुरु भयो दशैँ : आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको

एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ

काठमाडौं – एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन