देवयानी राणा कोका–कोला भारतको उपाध्यक्षमा नियुक्त « Khabarhub

देवयानी राणा कोका–कोला भारतको उपाध्यक्षमा नियुक्त


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहुराष्ट्रिय कम्पनी कोका–कोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत तथा दक्षिणपश्चिम एशियाको लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपना हेर्ने जिम्मेवारी प्रदान गरेको छ ।

उपाध्यक्षको रुपमा उनले उक्त जिम्मेवारी पूरा गर्ने बताइएको छ । राणा कोका–कोलाको नेतृत्व समूहमा यो क्षेत्रमा कम्पनीको उद्देश्य पूरा गर्न नयाँ नियुक्त गरिएकी हुन् ।

राणासँग २५ वर्ष लामो सरकारी र व्यावसायिक क्षेत्रमा कार्यानुभव छ । यसबाहेक उनी रणनैतिक व्यावसायिक वकालत, जोखिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व र दिगोपनालगायतका क्षेत्रमा उनीसँग वर्षौँ लामो अनुभव छ ।

उनले ब्रान्ड कम्युनिकेसन इनिसिएटिभका रुपमा व्यवसायको वकालत गर्दै आएकी छिन् । यसबाट व्यवसाय क्षेत्रमा सकारात्मक नतिजा देखिएको छ ।

कोका–कोलाका भारत र दक्षिण पश्चिम एशिया हेर्ने अध्यक्ष संकत रेले उनको नियुक्तिबारे देवयानीलाई कम्पनीमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

यसअघि राणा क्याटरपिलर इन्डियाको भारत, नेपाल र भुटान हेर्ने सार्वजनिक मामिला निर्देशक रहेकी थिइन् । क्याटरपिलर इन्डियासँग जोडिनुअघि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)मा समेत आबद्ध
थिइन् ।

उनले लन्डन स्कुल अफ इकोनोमिक्स र त्रिभुवन विश्वविद्यालयबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेकी छिन्।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : ३० बजे

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन