मन्त्री श्रेष्ठविरुद्ध रूपा सुनारको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा | Khabarhub Khabarhub

मन्त्री श्रेष्ठविरुद्ध रूपा सुनारको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सञ्चारकर्मी रूपा सुनारले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ ।

जातीय विभेदको कसुरदारलाई कारबाही गर्नुपर्नेमा संरक्षण गरेको आरोपसहित सञ्चारकर्मी सुनारले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन् ।

आफूलाई दलित भएकै कारण कोठा दिन इन्कार गरेकी बबरमहलकी घरधनी सरस्वती प्रधान हिरासतमा रहेका बेला मन्त्री श्रेष्ठले सार्वजनिक पदको दुरुपयोग गर्दै अनुसन्धानसमेत प्रभावित पारेको भन्दै मन्त्रीलाई पदबाट हटाउन माग गर्दै सुनारले हिजो सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कारबाही गर्न र संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी रिट निवदेनमा गरिएको छ ।

रुपालाई कोठा नदिएको आरोपमा घरधनी प्रधानलाई प्रहरीले तिन दिन हिरासतमा राखेपछि उनकै श्रीमानको जमानतमा रिहा गरेको थियो । प्रधानलाई लिनका लागि मन्त्री श्रेष्ठ झण्डावाल गाडी नै लिएर प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । मन्त्रीको उक्त कदमपछि चौतर्फी आलोचना समेत भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ३० बजे

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण