मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ४० बजे

काठमाडौंका शक्तिपीठमा दर्शनार्थीको भीड

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा

ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो

भादगाउँ– नवरात्रको अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखी भक्तजनको घुइँचो

नेपालीवाद : दलीय राजनीति पुनर्ताजगीको अन्तिम अस्त्र

नयाँ पुस्ताले चर्को आन्दोलन गरेपछि पछिल्लो पुस्ताले भरिएका दलमा नेतृत्व

बागमती प्रदेशका क्षतिग्रस्त भवन मर्मत गरी पुनः प्रयोगमा ल्याइने

बागमती– जेन-जी आन्दोलनका क्रममा यही भदौ २४ गते तोडफोड र

रास्वपाबाट केन्द्रीय समिति बैठक आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको