केशिकाकर्षणकै कारण तौलियाले भिजेको कपाल पुछ्दा चाँडो सुक्छ | Khabarhub Khabarhub

केशिकाकर्षणकै कारण तौलियाले भिजेको कपाल पुछ्दा चाँडो सुक्छ


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुहाउँदा भिजेको कपाल सुख्खा पार्न हामी तौलियाले टाउको पुस्छौँ । लगतै कपाल सुख्खा हुन्छ पनि । तर यसरी कपडाले भिजेको कपाल पुछ्नासाथ कपाल सुक्छ कसरी ?

कपाल पुछ्दा सुक्नुमा सामान्य अर्थ हो, भिजेको कपालको पानी तौलियामा सर्छ र कपाल सुक्छ । तर कपालबाट रुमालमा पानी कसरी सर्छ त ? खासमा कपडाले टाउको पुछ्दा केशिकाकर्षणको माध्यमले पानी तौलियामा आउने गर्दछ । केशिकाकर्षणका कारण भिजेको कपालबाट पानी रुमालमा सर्न जान्छ ।

केशिकाकर्षण भनेको के हो ?

केशिकाकर्षण भनेको कुनै वस्तुलाई आफूतिर तान्ने प्रकृया हो । यसका लागि एउटा गिलासमा पानी भरेर त्यसमा एउटा पातलो नली डुबाइयो भने गिलासको पानी त्यो नली भएर माथितिर विस्तारै सर्दै जान्छ । अर्थात्, गिलासको पानीलाई शिशाको नलीको भित्ताले माथितिर तान्छ । यसरी कुनै पनि वस्तुले अर्को वस्तुलाई आफूतिर तान्ने प्रक्रियालाई नै वैज्ञानिकहरु केशिकाकर्षण भन्दछन् ।

केशिकाकर्षण नहुने हो भने, लालटीनमा सलेदो भएर मट्टीतेल माथि आएर बल्न सक्दैन । सुख्खा कागजले मसीलाई वा पानीलाई सोस्न सक्दैन । अझ महत्वपूर्ण रुखपातको जराबाट पानी माथितिर सोसिएर जान सक्दैन । यस्तै कपालमा कपडा दल्दा त्यहाँको पानी कपडामा आउँछ र कपाल सुक्छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ४५ बजे

फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

मनिला– यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स

गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार

गण्डकी– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

काठमाडौं– आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी

म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान्