भारतमा कोरोना स‌क्रमित र मृत्युदर घट्दो, निको हुने दर ९७ प्रतिशत बढी « Khabarhub

भारतमा कोरोना स‌क्रमित र मृत्युदर घट्दो, निको हुने दर ९७ प्रतिशत बढी


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर क्रमशः घट्दो दरमा रहेको छ । पछिल्लो २४ घण्टामा ५५२ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३ हजार ३१० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३४ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा अहिले भारतमा स‌ंकरमण दर निकै कम हुँदै गएको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या ३ करोड ६ लाख १८ हजार ९३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ७० हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ८४५ जना निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म २ करोड ९७ लाख ४४ हजार ८३१ जना कोरोना भाइरस मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म साढे ३५ करोड भन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ११ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज