नासों गाउँपालिका – ५ का वडाध्यक्षको निधन « Khabarhub

नासों गाउँपालिका – ५ का वडाध्यक्षको निधन


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । ५० वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनी काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किएका थिए ।

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बसेका उनी हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ४५ बजे

इरानको अर्को पानीजहाज अमेरिकी नौसेनाको नियन्त्रणमा

काठमाडौं- अमेरिकी नौसेनाले इरानको अर्को पानीजहाज नियन्त्रणमा लिएको छ ।

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपाल यूएईलाई आठ विकेटले हरायो

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको

मुस्ताङमा भारतीय नागरिक मृत भेटिए

मुस्ताङ– मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका