गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज बन्ने निश्चित « Khabarhub

गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज बन्ने निश्चित


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– लामो समयदेखि जग्गा विवादले अन्योलमा परेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ ।

जग्गा विवादको निरुपण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौबाट भर्चुअल माध्यममार्फत शिलान्यास गरेका हुन् । शिलान्याससँगै प्रतिष्ठान निर्माण कार्य अघि बढेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।

२०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।

जसका लागि राजविराज नगरपालिकाले १० नं. वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विघा जग्गा उपलब्ध गराएको थियो । तर उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानीय एक सहकारी संस्थाले अवरोध गरेपछि विवाद भएको थियो ।

झण्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माण कार्य तीव्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ३४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर