२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५०३ जनाको पीसीआर परीक्षणबाट १ हजार ७१८ र ५ हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जना गरी जम्मा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, ओखलढुंगामा १, खोटाङमा ३७,  झापामा १७६, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा ७,  मोरङमा ११२, संखुवासभामा ६ र सुनसरीमा १३५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४, पर्सामा ७,  बारामा १४, महोत्तरीमा २, रौतहटमा ६, सप्तरीमा ७, सर्लाहीमा ५ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३६५, काभ्रेमा २१, चितवनमा ९६, दोलखामा १३, धादिङमा १५, नुवाकोटमा ६६, भक्तपुरमा २९, मकवानपुरमा ३४, रसुवा २, रामेछापमा ४, ललितपुरमा १०५, सिन्धुली १६ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०३, गोरखामा ११, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९, पर्वतमा ९, म्याग्दीमा ५, लमजुङमा २ , बागलुङमा २६ र स्याङजामा १७ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा १३, नवलपरासीमा ६, पाल्पामा ३४, प्युठानमा ३,  बर्दियामा १, बाँकेमा १, रोल्पामा ४ र रुपन्देहीमा ३५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, डोल्पा ५ दैलेखमा १३, मुगुमा १, रुकुम पश्चिममा ६, सल्यानमा ४, सुर्खेतमा २२ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ४, कैलालीमा १४, डडेल्धुरामा २, बैतडीमा १, दार्चुलामा १, र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ०९ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,