माओवीदीको अवरोध हटेपछि प्रदेश १ को प्रदेशसभा आजदेखि सुचारु | Khabarhub Khabarhub

माओवीदीको अवरोध हटेपछि प्रदेश १ को प्रदेशसभा आजदेखि सुचारु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अवरोधका कारण लगातार अवरुद्ध हुँदै आएको प्रदेश १ प्रदेशसभा बैठक मंगलबारदेखि सुचारु भएको छ ।

मंगलबारको बैठकमा माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीले सांसदमाथि लान्छित गरेर बोलेको रेकर्ड हटाइने जानकारी दिएपछि बैठक सुचारु भएको हो ।

प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्का विरुद्ध व्यक्तिगत लाञ्छना लगाउँदै मन्तव्य दिएका थिए ।

यसपछि माओवादी केन्द्रले मन्त्रीले आफ्नो बोली फिर्ता लिँदै माफी माग्नु पर्ने र संसदको रेकर्डबाट मन्तव्य हटाउनु पर्ने माग गर्दै आएको थियो । बैठकमा सभामुख भण्डारीले प्रदेशसभामा मर्यादित भाषा प्रयोग गराउन सचेत पनि गराए ।

संसद् बैठक बस्नुअघि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । त्यसलगत्तै दलका नेताहरुबीच भएको छलफलले सदन सुचारु गराउने सहमति भएको हो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : १५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले