एमाले कार्यदल सक्रिय भएसँगै माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा « Khabarhub

एमाले कार्यदल सक्रिय भएसँगै माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनसम्बन्धी रिटको फैसला आउनु अघि नै एमाले विवाद समाधानको प्रयास भइरहेको अवस्थामा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

निधन भएका पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जलि दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेट भएको तर कुराकानीका विषय भने जानकारी नभएको जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्ट नेता नेपाल पछिल्लो समय कांग्रेस–माओवादीसहितको विपक्षी गठबन्धनमा आबद्ध भएका छन् ।

नेता नेपालले पार्टी एकताको सम्भावना टरेको बताउँदै आएपनि एमालेका दोस्रो तहका नेताहरू भने एकता जोगाउन सक्रिय बनेका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ५१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर