एमाले कार्यदल सक्रिय भएसँगै माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा « Khabarhub

एमाले कार्यदल सक्रिय भएसँगै माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनसम्बन्धी रिटको फैसला आउनु अघि नै एमाले विवाद समाधानको प्रयास भइरहेको अवस्थामा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

निधन भएका पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जलि दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेट भएको तर कुराकानीका विषय भने जानकारी नभएको जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्ट नेता नेपाल पछिल्लो समय कांग्रेस–माओवादीसहितको विपक्षी गठबन्धनमा आबद्ध भएका छन् ।

नेता नेपालले पार्टी एकताको सम्भावना टरेको बताउँदै आएपनि एमालेका दोस्रो तहका नेताहरू भने एकता जोगाउन सक्रिय बनेका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै