सुजिता हत्या प्रकरण : स्थानीय प्रशासनद्वारा चितवनमा कर्फ्यू | Khabarhub Khabarhub

सुजिता हत्या प्रकरण : स्थानीय प्रशासनद्वारा चितवनमा कर्फ्यू


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्म कर्फ्यू आदेश जारी गरेको छ ।

राप्ती नगरपालिका बस्ने सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर हिंसात्मक प्रदर्शन हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्मको राजमार्गको ५ सय मिटरसम्म पर्ने सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जनाइएको छ ।

आदेशको उल्लंघन गर्नेलाई तत्काल गिरफ्तार गरेर एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुने उल्लेख गरिएको छ ।

यस्तो छ आदेश 

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ५१ बजे

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन