रोकिएको जनगणना असोज १ देखि गर्ने प्रस्ताव « Khabarhub

रोकिएको जनगणना असोज १ देखि गर्ने प्रस्ताव


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रणका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरि प्रस्ताव गरिएको छ।

केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मुलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।

२०७८ असार ८ मा सम्पन्न हुनुपर्ने जनगणनालाई धेरै पर सार्न नहुने विभागको भनाइ छ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार वर्षायाम शुरु नभएको अवस्थामा जेठ अन्तिम सातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।

यसरी हुने जनगणनाका दौरान नेपालको सबै भूभागमा गणक पुग्न सहज हुन्छ । तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन ।

तर, अहिले महामारी केही कम भएको भन्दै विभागले साउनबाटै तयारी थाल्ने भएको छ । ‘मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारी भएको लामिछानेले बताए । उनले सम्भवतः एक साता भित्रै सरकारले मिति तोक्ने बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै