दुर्घटनामा परी मृत्यु | Khabarhub Khabarhub

दुर्घटनामा परी मृत्यु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ६११८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ४८ बजे

खडेरीले सुकायो कलधारा

सिरहा– लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल- दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको

सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल

काठमाडौं- एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष