रासस सञ्चालक सदस्यमा विद्रोही नियुक्त | Khabarhub Khabarhub

रासस सञ्चालक सदस्यमा विद्रोही नियुक्त


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समिति सदस्यमा पत्रकार माधव विद्रोही (भण्डारी) नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रिस्तरीय निर्णयअनुसार यही असार २१ गते उनलाई रासस ऐन, २०१९ बमोजिम चार वर्षका लागि नियुक्त गरिएको हो । विसं २०२२ जेठ १३ मा जन्मिएका झापा, भद्रपुर नगरपालिका–८ निवासी विद्रोही विसं २०४३ देखि निरन्तर पत्रकारिता पेशामा छन् ।

नवनियुक्त सदस्य विद्रोहीलाई सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरणसहित बधाई दिए । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, राससका महाप्रबन्धक सिद्धराज राईलगायत उपस्थित थिए । सदस्य विद्रोहीलाई आजै रासस केन्द्रीय कार्यालय, भद्रकालीमा स्वागत गरियो ।

हाल रेडियो भिजनका कार्यक्रम संयोजक र स्वाधीन संवाद साप्ताहिकका सम्पादक एवं प्रकाशक विद्रोहीसँग यसअघि कुराकानी, डेली डायरी, ज्वाला, दृष्टि, बुधबार, जनआस्था साप्ताहिक तथा च्यानल नेपाल, कञ्चनजङ्गा एफएममा कार्य गरेको अनुभव छ ।

पत्रकार विद्रोहीले राष्ट्रिय पत्रकारिता पुरस्कार, मोतीराम पत्रकारिता पुरस्कार, द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार र डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ, झापाका पूर्वअध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि भण्डारीले पत्रकारिताकै क्रममा विसं २०४४ र २०४६ मा गरी दुई पटक शान्ति सुरक्षा मुद्दामा कारागार जीवन पनि बिताएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ४५ बजे

मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध

पाँचथर– अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग,

चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको दाबी, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने पहिचानवादीको तयारी

काठमाडौं- ताप्लेजुङको पाथीभारा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएका

गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल

गोरखा– अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउ खेतीको परीक्षण सफल भएको छ ।

लाङ्दी पहिरो : दम्पतीको शव भेटियो

पर्वत– मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको

अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा

कमलामाई– पहिरोका कारण अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३, बसेरीस्थित मध्यपहाडी लोकमार्गमा