मधुबालाको प्रेम पाउन अदालतमा दिलीपको बयान « Khabarhub

मधुबालाको प्रेम पाउन अदालतमा दिलीपको बयान


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड फिल्म उद्योगको लेजेण्ड अभिनेता दिलीप कुमार पर्दामा जति दिलचस्पी र रंगीन थिए, पर्दा पछाडि उनको जीवन पनि पर्दाकै जस्तो थियो ।

अभिनेत्री मधुबालासँगको अधुरो प्रेम, सायरा बानोसँगको विवाह र विवाह पछि एक पाकिस्तानी युवतीसँगको प्रेम । दिलीप कुमारको जीवनले प्रेमका मामलामा धेरै परिवर्तन गर्यो । तर अन्ततः उनलाई सदा साथ दिने सायरा नै बनिन् ।

सायरासँग विवाह गर्नुअघि दिलीप कुमार मधुबालाको प्रेममा थिए । तर मधुबालाको पिताका कारण उनीहरुको प्रेमले पूर्णता पाउन सकेन । सन् १९५१ मा फिल्म ‘तराना’को सुटिङका समयमा दिलीप कुमार र मधुबाला एकअर्कासँग नजिकिएका थिए । जुनबेला उनीहरुको अफेयर सुरु भयो, त्यो समयमा मधुबालाको उमेर १८ र दिलीप कुमारको उमेर २९ थियो ।

‘तराना’ पछि उनीहरु सात वर्षसम्म प्रेम सम्बन्धमा रहे । तर मधुबालाको पिता अताउल्ला खानलाई छोरीको दिलीपसँगको प्रेम सम्बन्ध मनपरेन । जसकारण उनीहरुको प्रेमको दुःखद अन्त्य भयो ।

बलिउडको आइकनिक फिल्म ‘मुगल–ए–आजम’ को सुटिङको समयमा दिलीप कुमार र सायरा एकअर्कासँग नजिकिए । तर निकै लामो समयसम्म भएको यो फिल्मको सुटिङका क्रममा उनीहरुबीच असमझदारी बढेपछि उनीहरु अलग्गिए ।

यही बेला दिलीप कुमार र मधुबाला बीआर चोपडाको नयाँ फिल्म ‘नयाँ दौर’को सुटिङ गरिरहेका थिए । यो फिल्मको एक तालिका मध्यप्रदेशमा थियो । तर मधुबालाका पितालाई सुटिङका क्रममा छोरी दिलीपसँग अझ नजिकिने डरले उनले आउटडोर सुटिङमा रोक लगाए ।

मधुबालाले अस्वीकार गरेपछि बीआर चोपडाले फिल्ममा मधुबालाको स्थानमा अर्को अभिनेत्री राख्ने मन बनाए । उनी मधुबालाको स्थानमा वैजयन्ती मालालाई लिन चाहन्थे । जब यो कुरा मधुबालाको पिताले थाहा पाए, उनले चोपडालाई आफू अदालत जाने भनी चेतावनी दिए ।

मधुबालाको पिता अदालत जानु अघि नै चोपडाले अदालतको ढोका ढकढक्याए । चोपडाले मधुबालालाई सम्झौता तोडेको आरोप लगाएका थिए । यो मुद्धामा ‘नयाँ दौर’को अभिनेता दिलीप कुमारलाई पनि बयानका लागि बोलाएको थियो । त्यही समयमा दिलीपले अदालतमा आफूले मधुबालालाई प्रेम गर्ने गरेको र भविष्यमा पनि गरिरहने बताएका थिए । तर दिलीपले बीआर चोपडाको पक्षमा बयान दिइन्, जसकारण मधुबालासँग उनको दुरी बढ्यो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : १५ बजे

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ

अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडाैं – प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

कञ्चनपुर – असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना

पाल्पामा निर्वाचनको तयारी : सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमूना अभ्याससम्म

पाल्पा – आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको