मनीषाले सम्झिइन् दिलीप कुमार « Khabarhub

मनीषाले सम्झिइन् दिलीप कुमार


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बुधबार बिहान निधन भएका बलिउड अभिनेता दिलीप कुमारप्रति बलिउड फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत दिलीपको स्मरण गरेकी छन् ।

‘उहाँसँग अभिनय गर्न पाउनु मेरा लागि एउटा भाग्य र आशिर्वाद नै थियो । हामीले सबैभन्दा सम्मानित व्यक्तिलाई गुमायौं । उहाँको स्थानसम्म पुग्न कोही छैनन्’, फिल्म ‘सौदागर’को पोस्टर राख्दै मनीषाले ट्वीटेकी छन् ।

मनीषाले सन् १९९१ मा फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्ममा दिलीप कुमार, राज कुमार, मनीषा कोइराला, विवेक मुसरन, अमरीश पुरीलगायतका कलाकारको अभिनय थियो । फिल्मका निर्देशक सुभाष घई हुन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ३५ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा