दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्री हस्तान्तरण « Khabarhub

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्री हस्तान्तरण


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

एसोसिएसनले बुधबार एक कार्यक्रममार्फत विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, बुट, कोदालो, खानेपानी प्रशोधन उपकरण, करौती, प्राथमिक उपचारको सामाग्री, त्रिपाल, डोरीलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो ।

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपतका घटना नभएको र भइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन् ।

यस्तै, एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटरहरु पनि प्रदान गरेको छ । दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको एसोसिएसनकी अध्यक्ष पौडेलले बताइन् ।

एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको छ । यो सहयोग पनि त्यसैको निरन्तरता भएको जनाएको छ । यसअघि पनि मेलम्चीमा बाढी आउँदा हेलम्बु र मेलम्चीबासीका लागि अति आवश्यकता सामाग्री बितरण गरेको अध्यक्ष पौडेलले बताइन् ।

चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : १४ बजे

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी