जबरजस्ती ‘यौन धन्दा’मा लगाएको आरोपमा दुई महिला पक्राउ « Khabarhub

जबरजस्ती ‘यौन धन्दा’मा लगाएको आरोपमा दुई महिला पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवतीलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा– १० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार होटल ब्यवसाय गर्दै आएका महिलाले होटलमा आउने व्यक्तिसँग पैसा लिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको आरोपमा दुई महिला पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डीएसपी सुवास हमालका अनुसार होटलमा राम्रो काममा लगाइ दिने आश्वासनमा युवतीलाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा राम बजारमा होटल ब्यवसाय गर्दै आएका दुई महिला पक्राउ परेका हुन् ।

डीएसपी हमालका अनुसार दुवै महिलाले शुरुमा युवतीसँग राम्रै व्यवहार गरेपनि पछि होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक धम्की दिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेको खुलेको छ ।

उनिहरुलाई अहिले मानव बेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : ३५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन