बलिउडमा हरर फिल्म भित्र्याउने कुमारको निधन « Khabarhub

बलिउडमा हरर फिल्म भित्र्याउने कुमारको निधन


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– सन् ८० र ९० को दशकमा बलिउडमा हरर फिल्मको ‘मुकुट’ मानिने रामसे ब्रदर्समध्ये एक कुमार रामसेको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

सन् २०१९ मा रामसे ब्रदर्समध्येका एक श्याम रामसेको ६७ वर्षको उमेरमा निधन भएको थियो । श्याम रामसेका सात भाइ थिए । यी सबैजनालाई रामसे ब्रदर्सका रुपमा चिनिन्थ्यो ।

रामसे ब्रदर्सको बायोग्राफी ‘डन्ट डिस्टर्ब द डेड–द स्टोरी अफ द रामसे ब्रदर्स’ अनुसार उनको परिवार १९४७ मा मुम्बई आएका थिए । मुम्बई आएर रामसेका पिताले पहिलो इलेक्ट्रोनिक पसल खोले । तर हिन्दी फिल्मको ग्ल्यामरले उनलाई आकर्षित गर्यो । त्यसपछि रामसे ब्रदर्सका सातै भाइले पिताको पाइला पछ्याउदै फिल्म बनाउने काम सुरु गरे ।

रामसे ब्रदर्समध्येका तुलसी र श्यामले हरर फिल्ममा चासो देखाए र हलिउडको कपी गर्दै इण्डिया मसला मिसाएर हरर फिल्म बनाउन सुरु गरे । यी दुईले बलिउडमा हरर फिल्मको ट्रेण्ड सुरुवात गरे ।

रोमान्टिक फिल्मको जगजगी भएको समयमा उनीहरुले भूत, प्रेत, आत्म र राक्षसको कथालाई फिल्ममा सुरुवात गरे । जुन छोटो समयमा नै लोकप्रिय बनेको थियो

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : १५ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका