‘ड्रिम गर्ल’को सिक्वेल तयारी « Khabarhub

‘ड्रिम गर्ल’को सिक्वेल तयारी


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– सन् २०१९ को हिट फिल्म ‘ड्रिम गर्ल’को सिक्वेल बन्ने भएको छ । आयुष्मान खुराना र नुसरत भारुचाको अभिनय रहेको यो फिल्मको निर्माता एकता कपुर र लेखक तथा निर्देशक राज सान्धिल्य हुन् ।

यो फिल्मले दर्शकलाई सन् ९० को दशकका अभिनेता गोविन्दाको स्मरण गराइदिएको थियो । फिल्मले बक्सअफिसमा १ सय ४२ दशमलब २६ करोडको व्यापार गरेको थियो ।

‘ड्रिम गर्लले थिएटरमा मात्र होइन, टेलिभिजनमा पनि सफलता पाएको थियो । यो फिल्मलाई दर्शकले दोहोर्याएर हेरेका थिए । त्यहीकारण पनि निर्माताहरु यसको सिक्वेलको तयारीमा जुटेका छन्’, फिल्म निकट स्रोतले भनेको छ ।

निर्देशक राज यतिबेला फिल्मको स्क्रिप्टको तयारी गरिरहेका छन् । उनी अर्को फिल्मका लागि पनि स्क्रिप्ट लेख्न व्यस्त छन् । फिल्मको सिक्वेलमा निर्माण पक्षले आयुष्मानलाई नै अभिनय गराउने पक्कापक्की जस्तै भइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : १० बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र