ओमानमा कोरोना संक्रमण बढेपछि समयमै खोप लगाउन नेपालीलाई अनुरोध « Khabarhub

ओमानमा कोरोना संक्रमण बढेपछि समयमै खोप लगाउन नेपालीलाई अनुरोध


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टहरू देखा परेसँगै संक्रमण तीव्र रुपमा फैलिन थालेको छ ।

संक्रमण दर ह्वात्तै बढेसँगै ओमानस्थित नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारको निर्णयहरू पूर्ण रुपमा पालना गर्न अपिल गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि ओमानको सर्वोच्च समितिले ३१ जुलाईसम्मका लागि रात्रिकालीन लकडाउन लगाएको छ । आउँदो १६ जुलाईदेखि ३१ जुलाईसम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म लकडाउन हुने दूतावासले जनाएको छ ।

साथै,ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकाले त्यहाँ कार्यरत नेपालीहरूलाई आ-आफ्नो कम्पनी/स्पोन्सरमार्फत खोप लगाउन समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

यस्तै महामारीकै बीचमा पनि ओमानले नेपालीको प्रवेश खुला नै राखेको छ । ओमान प्रवेश गर्ने यात्रुहरुले अनिवार्य रूपमा सात दिन क्वरेण्टिनमा बस्नुपर्छ ।

ओमान सरकारले जारी गरेको तारासुद एपमार्फत आफ्नो विवरण भरी ओमान विमानस्थलमा अवतरण गर्नासाथ पीसीआर पनि परीक्षण गर्नुपर्ने व्यवस्था रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कुनै समस्या परेमा या जानकारी चाहिएमा २४६९६१७७ वा २४६९६८८३ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  २ : २६ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चिनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६