एमाले विवाद सहमतिउन्मुख, कार्यदलले आज अन्तिमरुप दिँदै « Khabarhub

एमाले विवाद सहमतिउन्मुख, कार्यदलले आज अन्तिमरुप दिँदै


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ ।

कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कार्यदलका सदस्य ज्ञवालीले हिजोको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताए पनि उक्त खाकाका विषयवस्तुबारे थप खुलाएनन् । उनले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले भने, ‘सौहार्द र सघन वार्ता भएको छ । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए । उनले लगभग सहमतिमा पुगेको जानकारी दिए ।

कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर छलफल भएको बताउँदै शनिबारको बैठकले अन्तिम रुप दिने बताए ।

कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । यता नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : २७ बजे

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा

रास्वपा कर्णाली प्रदेशको सहमहामन्त्रीमा साह र सुवेदी मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर

आजका समाचार : सरकार चोख्याउने रविको भाषण, संसद अधिवेशन भोलिदेखि र अभिनेता विजय अब मुख्यमन्त्री

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने राष्ट्रिय

देउवाले थला पारेका भ्रातृसंगगठनलाई गगनले झन् गिजोले

काठमाडौं- नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको