बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक प्रस्थान « Khabarhub

बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक प्रस्थान


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

शनिबार विहान नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्धी सिन्धुपल्चोक प्रस्थान गरिसकेको प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

प्रधानमन्त्री ओलीले बाढीबाट क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्ने कार्यक्रम छ।

ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिको साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन्।

प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ११ : १३ बजे

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी